नेपालीको प्रतिव्यक्ति आय १३७२ डलर

काठमाडौं । नेपालको प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्क विवरण अनुसार नेपालीको प्रतिव्यक्ति आय वाषिर्क १३७२ अमेरिकी डलर पुगेको हो ।
यो रकम गत आर्थिक वर्ष २०७७/०७८ को तुलनामा १६ हजार २२६ रुपैयाँ बढी हो । गत आर्थिक वर्ष २०७७/०७८ मा प्रतिव्यक्ति आय १२३९ अमेरिकी डलर रहेको थियो ।
केन्द्रीय तथ्याङ्क विभागका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा भने प्रतिव्यक्ति आय ११५६ अमेरिकी डलर रहेको थियो । विभागले बिहीबार राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गरेको हो । जसअनुसार यस वर्ष आर्थिक वृद्धिदर सरकारले लिएको लक्ष्यको तुलनामा केही कम हुने गरी ५.८४ प्रतिशत कायम हुने देखिएको छ ।