हेटौंडा उपमहानगरः यी हुन् एमालेबाट वडाध्यक्षका उम्मेदवार
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनको लागि नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडामा वडा अध्यक्षको उम्मेदवार टुंग्याएको छ । एमाले मकवानपुरले दिएको जानकारी अनुसार एमालेबाट ८ जना पुराना उम्मेदवार दोहोरिएका छन् भने बाँकी ११ वडामा नयाँ उम्मेदवार तय गरिएको छ ।
एमालेले वडा नम्वर १ मा उत्तमप्रसाद पौडेल, २ मा हरिबहादुर राउत, ३ मा रामकुमार पुडासैनी, ४ मा नविन सिग्देल, ५ मा शुसिल घिमिरे, ६ मा विश्वराज राई, ७ मा राजन थापा ८ मा बोलबहादुर कार्की र वडा नम्वर ९ मा लक्ष्मणप्रसाद भण्डारीलाई उम्मेदवारको रुपमा अघि बढाएको हो ।
त्यस्तै वडा नम्वर १० मा फुर्वादोर्जे लामा, ११ मा जुना दाहाल, १२ मा राजेश नगरकोटी, १३ मा पेम्बा लामा, १४ मा दिपक खड्का, १५ मा सुनिल मोक्तान, १६ मा बसन्तप्रसाद लामिछाने, १७ मा लक्ष्मण खुलाल, १८ मा अनिलकुमार बानियाँ र वडा नम्वर १९ मा नरनाथ सुवेदीको नाम तय भएको हो ।
