मकवानपुरको सबै पालिकामा एमालेले टुंग्यायो उम्मेदवार

तु खबर संवाददाता
२०७९ बैशाख ११, आईतवार १२:०८

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनको लागि नेकपा एमालेले मकवानपुरको १० वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई उम्मेदवार बनाउने तय गरेको छ भने थाहा नगरपालिकाको मेयरमा अच्युतम ढकाल र उपमेयरमा कल्पना बलामीले उम्मेदवारी दिने भएका छन् ।

त्यस्तै बागमती गाउँपालिकाको अध्यक्षमा खेमराज जर्गा मगर र उपाध्यक्षमा धनमाया स्याङ्तान, बकैया गाउँपालिकाको अध्यक्षमा सरला बोलखे र उपाध्यक्षमा लालबहादुर स्याङ्तान, मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा बिदुर हुमागाईं र उपाध्यक्षमा सन्तु थिङको नाम तय भएको छ । त्यस्तै भीमफेदी गाउँपालिकाको अध्यक्षमा हिदम लामा र उपाध्यक्ष पार्वती राना, इन्द्रसरोबर गाउँपालिकाको अध्यक्षमा देबकृष्ण पुडासैनी र उपाध्यक्षमा उमा लामालाई उम्मेदवार तोकिएको छ ।

कैलाश गाउँपालिकाको अध्यक्ष नरेन्द्रलाल रिजाल र उपाध्यक्षमा सुकुमाया थिङ, राक्सिराङ गाउँपालिकाको अध्यक्षमा बाबुलाल स्याङतान र उपाध्यक्ष सुन्तलीमाया प्रजा, मनहरी गाउँपालिकाको अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा सुजिता थिङले उम्मेदवारी दिने भएका छन् ।