एमालेबाट मनहरीको अध्यक्षको टिकट उप्रेतीलाई
मकवानपुर । नेकपा एमालेले मनहरी गाउँपालिकाको अध्यक्ष पदको टिकट एकराज उप्रेतीलाई दिने भएको छ । उप्रेती बहालवाला अध्यक्ष हुन् । उनी २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट अध्यक्षमा निर्वाचित भएका थिए । यस्तै, एमालेले मनहरी गाउँपालिकाको उपाध्यक्षको टिकट सुजिता थिङलाई दिने निर्णय गरेको छ ।
एमालेले यसअघि भीमफेदी गाउँपालिकामा बहालवाला अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई नै सोही पदमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने मकवानपुरगढी गाउँपालिकामा पनि बहालवाला अध्यक्ष विदुर हुमागाईँ उम्मेदवार हुँदैछन् । त्यस्तै आसन्न स्थानीय तह निर्वाचनका लागि एमालेले हेटौंडा उपमहानगरपालिकामा अनन्त पौडेललाई उम्मेदवार बनाउने तय गरेको गरेको छ ।
