बझाङमा आज बिहानै भूकम्पको धक्का
काठमाडौं । बझाङमा आज (मंगलबार) बिहानै भूकम्प गएको छ । जिल्लामा बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए ।
उनका अनुसार, जिल्लाको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्नेच्युटको भूकम्प गएको हो । भूकम्पको धक्का बझाङसहित छिमेकी जिल्लासम्म महसुस गरिएको थियो । भूकम्पका कारण क्षति भए–नभएको विवरण भने आउन बाँकी आएको छैन ।
