शेरबहादुर देउवाले राजिनामा दिनुपर्ने रक्षामन्त्रीको सुझाव
काठमाडौँ, २५ मंसिर । नेपाली काँग्रेसका नेता तथा रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिनुपर्ने आशय व्यक्त गरेका छन् ।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता प्रधानले पार्टीको पराजयबारे तत्काल बैठक बोलाएर पार्टीमा गहिरो छलफल हुनुपर्ने समेत बताए ।
नेता प्रधानले काँग्रेसले नराम्रो हार व्यहोरेकाले यसको जिम्मा पार्टी नेतृत्वले लनै पर्ने पनि सुझाव दिए । पार्टीको हारबारे सभापतिज्यूले तत्काल बैठक बोलाएर छलफल गरी राजीनामा दिँदा राम्रो हुने सुझाव दिएका छन् ।
