नेप्से २९ अंकले घट्दा २ अर्ब ५४ करोडको कारोबार
काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन ४१ अंकको गिरावट आएको नेप्से परिसूचक सोमबार २९ दशमलव ९८ अंकले घटेर २ हजार ५४२ दशमदव २८ विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४९ लाख ५८ करोड ९ सय १४ कित्ता शेयर किनबेच हुँदा आज २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८ सय १३ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा रहेका १३ उपसूचक नै राताम्य भएका छन् । सर्वाधिक जीवन बीमा र निर्जीबन बीमा समूहको उच्च घटेको छ । जीवन बीमा समूहको ३४२ रुपैयाँ र निर्जीबन बीमा समूहको २५२ रुपैयाँले घट्न पुगेको छ ।



