मकवानपुर जिल्ला फुटबल संघको सातौ अधिवेशन बैशाखमा

मकवानपुर । मकवानपुर जिल्ला फुटबल संघको सातौ अधिवेशन आगामी बैशाखमा हुने भएको छ । संघको चैत्र ९ गते बसेको बैठकले जिल्ला अधिवेशन बैशाख ३ गते गर्ने निर्णय गरेको संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।
सातौ अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने समेत अध्यक्ष लामाले बताए । संघको हरेक चार चार बर्षमा अधिवेशन गर्नुपर्ने प्रावधान रहेको छ । अखिल नेपाल फुटबल संघले गत चैत्र ६ गते सबै जिल्ला संघहरुलाई आगामी बैशाख १ गतेदेखी १० गतेभित्र निर्वाचन सम्पन्न गराउन भनि पठाएको पत्रको आधारमा सातौ अधिवेशन गर्ने तयारी गरिएको संघका अध्यक्ष लामाले बताए ।
उक्त बैठकले २०७४ सालपछि जिल्ला लिग खेलेको कल्बहरुको आवश्यक कागजपत्र कर चुक्ता नवीकरण पत्रलाई आगामी चैत्र २१ गतेभित्र मकवानपुर जिल्ला फुटबल संघमा बुझाउन समेत आग्रह गरेको छ ।