भारी मतले डिना उपाध्यायलाई पराजित गर्दै चौथो पटक विजेता भए विरोध खतिवडा
मकवानपुर । प्रतिनिधिसभा २ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी डिना उपाध्यायलाई भारी मतले वाम गठबन्धनका उम्मेदवार विरोध खतिवडाले पराजित गरेका छन् ।
वाम गठबन्धनका उम्मेदवार खतिवडालले ४४ हजार ७ सय ४४ मत प्राप्त गरेका छन् भने उपाध्यायले ३२ हजार ६ सय ५८ मत प्राप्त गरेकी छिन् । खतिवडाले उपाध्यायलाई १२ हजार ८६ को फराकिलो मतले पराजित गरेका हुन् ।
२०४८, ०५१, ०५६ र अहिले गरी खतिवडा चार पटक विजयी भइसकेका छन् । खतिवडा यसअघि लेखा समिति संयोजक पनि रहीसकेका छन् ।
