कृष्ण दाहालबाट तेस्रो पटक पराजित कमल थापा
मकवानपुर । प्रतिनिधिसभा १ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेका कमल थापा अन्ततः पराजित भएका छन् । वाम गठबन्धनका उम्मेदवार कृष्ण दाहालले थापालाई फराकिलो मत अन्तरले पराजित गरेका हुन् ।
थापाले ३४ हजार ६ सय ५८ मत प्राप्त गरेका छन् भने दाहालले ४० हजार ६ सय ३१ मत प्राप्त गरी ५ हजार ९ सय ७३ मत अन्तरले थापालाई पराजित गरेका छन् ।
दाहालको यो जीतसँगै तेस्रो जीत हो । यस अघि उनी दुबै पटक कमल थापालाई हराएर विजयी भएका थिए । यसअघि २०४६ र २०५६ मा कमल थापालाई तत्कालिन क्षेत्र नं. १ बाट पराजित गरेका दाहालले निर्वाचित भएपछि तु खबरसँग संक्षिप्त कुराकानी गर्दै वोलेर पूरा नगर्ने परिपाटीको अन्त्य हुने बताए ।
निर्वाचन अघि मैले जे बोलेको थिएँ, त्यो पूरा गर्नेछु, दाहालले तु खबरसँग भने । उनका अनुसार, देशको समृद्धि र विकासका लागि बनेको वाम गठबन्धनको योजना अनुसार, यस क्षेत्रमा पनि काम हुने बताए । अब विकास र समृद्धिका लागि आफ्नो तर्फबाट काम गरिने उनको भनाई छ ।
