उपाध्यक्ष पौडेलसहित एमाले नेता चीन प्रस्थान
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलसहितका नेता चीत प्रस्थान गरेका छन् । पौडेलको नेतृत्वमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कंडेल र केन्द्रीय सदस्य मीना रखाल आज बिहान चीन प्रस्थान गरेका हुन् ।
उपाध्यक्ष पौडेल नेतृत्वको प्रतिनिधिमण्डलले चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक कोअपरेसन एण्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनीहरू यही चैत्र १४ गते स्वेदश फर्किने कार्यसूची रहेको छ ।
