कुमारी मोक्तान १३ हजारभन्दाबढी मतले विजयी

तु खबर संवाददाता
२०७४ मंसिर २३, शनिबार १९:३४

मकवानपुर । वाम गठबन्धनकी प्रदेशसभा उम्मेदवार कुमारी मोक्तान भारी मतले विजयी भएकी छिन् । यसको औपचारिक घोषणा केही बेरमा हुनेछ । लोकतान्त्रिक गठबन्धनका यतिराज सापकोटाले प्राप्त गरेको मत भन्दा १३ हजार ७९ मत बढी ल्याएर मोक्तान विजयी भएकी हुन् ।
माओवादी केन्द्रकी इन्चार्जसमेत रहेकी मोक्तानले अहिलेसम्म मकवानपुरमा विजयी भएका अन्य उम्मेदवार भन्दा भारी मतले विजयी भएर आफ्नो इतिहास रचेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*