४१ सयभन्दाबढी मतले डोरमणि पौडेल पनि विजयी
मकवानपुर । वाम गठबन्धनका तर्फबाट प्रदेशसभा उम्मेदवार डोरमणि पौडेल भारि मतसहित विजयी भएका छन् । ४१ सय २२ मत ल्याएर पौडेलले लोकतान्त्रिकका तर्फबाट उम्मेदवार अशोक शाक्यलाई पराजित गरेका छन् । केही बेरमा यसको आधिकारिक घोषणा हुनेछ ।
पौडेलले २० हजार ७ सय ३ मत पाएका छन् भने शाक्यको जम्मा १६ हजार ५ सय ८१ मत मात्र प्राप्त गरेका छन् ।
