सप्तरी–२ मा संघीय फोरम अध्यक्ष यादव विजयी

तु खबर संवाददाता
२०७४ मंसिर २३, शनिबार १८:३३
फोटो : गुगल

सप्तरी, २३ मंसिर : सप्तरी क्षेत्र नं २ बाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भारी मतान्तरले विजयी भएका छन् ।

जिल्ला मुख्य निर्वाचन कार्यालयका अनुसार संघीय फोरम अध्यक्ष यादवले २१ हजार ६२० मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्र का उमेशकुमार यादवले ११ हजार ५८० प्राप्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*