५ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य

तु खबर संवाददाता
२०७८ चैत्र ३, बिहीबार ०९:०३

मकवानपुर । सरकारले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो । बढेको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ ।