हेटौंडा सिमेन्टको महाप्रबन्धकका लागि १२ जनाको आवेदन स्वीकृत

तु खबर संवाददाता
२०७८ फाल्गुन २६, बिहीबार १६:१९
file-photo

मकवानपुर । हेटौंडा सिमेन्टको महाप्रबन्धकका लागि १२ जनाको आवेदन स्वीकृत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि १२ जनाको आवेदन स्वीकृत गरेको छ ।

आवेदन स्वीकृत हुनेहरुमा भरत रेग्मी, उदयकुमार गुप्ता, कुमार खड्का, कृष्णप्रसाद यादव, घनश्याम न्यौपाने र दिनेशकुमार यादव, नवीनकुमार कर्ण, बसन्तकुमार पाण्डे, भुपेन्द्रप्रसाद अर्याल, राजकुमार चौधरी, राम किसुन गिरी र सन्तोषकुमार तामाङ रहेका छन् ।

छनोट समितिको बुधबार बसेको बैठकले प्राप्त दरखास्तमध्ये स्वीकृत उम्मेदवारलाई अन्तरवार्तामा बोलाउने निर्णय गरेको हो । अन्तरवार्ताको समय तालिका भने पछि सार्वजनिक गर्ने मन्त्रालयले जनाएको छ ।