कालकोटबाट महेन्द्रबहादुर शाही बिजयी
मकवानपुर । प्रदेश नम्बर ६ कालिकोटबाट प्रदेशसभामा महेन्द्रबहादुर शाही बिजयी भएका छन् । भर्खरै सार्वजनिक अन्तिम मत परिणाम अनुसार, शाहीले १२ हजार १ सय ५३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् काँग्रेसका कालीबहादुर शहकारीलाई हराएका हुन् । शहकारीले ९ हजार ३ सय ४२ मत पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमान सिंह कार्कीलाई सँसदमा महाअभियोग दर्ता गराउन मूख्य भूमिका खेलेका शाही मूख्यमन्त्रीका दाबेदार समेत हुन् ।
