हेटौंडा–१० निःशुल्क स्वास्थ्य जाँच तथा औषधी वितरण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१० मा निःशुल्क स्वास्थ्य जाँच तथा औषधी वितरण कार्यक्रम भएको छ । कार्यक्रम हेटौंडा उपमहानगरपालिका १० नम्वर वडा कार्यालयको आयोजनामा भएको हो । सोलिड्यारिटी स्कुलमा सम्पन्न भएको उक्त कार्यक्रममा १७७ जनाले निःशुल्क सेवा लिएका थिए ।
हेटौंडा–१० वडाध्यक्ष किताप सिंह लामाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता भएको कार्यक्रममा चुरेहिल अस्पतालका व्यवस्थापक नारायण श्रेष्ठ, १० नम्वर वडा सदस्यहरु इन्द्र नेपाल, साधना श्रेष्ठ, उमा सुनार, खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, हेडम्बा शहरी स्वास्थ केन्द्रका स्वास्थ्यकर्मीहरु र महिला स्वास्थ्य स्वयम् सेविकाहरुको सहभागिता रहेको थियो ।
