आज विदेशी मुद्राको विनिमयदर यस्तो

तु खबर संवाददाता
२०७८ फाल्गुन १३, शुक्रबार ०८:३०
file-photo

काठमाडौँ । नेपाल राष्ट्र बैँकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ७५ पैसा र विक्रिदर १२१ रुपैयाँ ३५ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १३५ रुपैयाँ १६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८३ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८८ पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३३ रुपैयाँ २४ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ५३ पैसा र बिक्रीदर १० रुपैयाँ ५८ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।