प्रतिनिधिसभा बैठक स्थगित

तु खबर संवाददाता
२०७८ फाल्गुन १२, बिहीबार १५:११
file-photo

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक सरकारको आग्रहमा बैठक स्थगित भएको हो ।

संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी गराएको हो । बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । आजको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने कार्यसूची रहेको थियो ।