भोलिदेखि नेष्डो समृद्ध लघुवित्तको आईपीओ खुल्ने
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले भोलि (बुधबार) सर्वसाधारणको लागि आईपीओ खुल्ला गर्ने भएको छ । लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ खुल्ला गर्ने भएको हो । जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ खुल्ला गर्नेछ ।
लघुवित्तले कुल कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने १२ हजार ७५० कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशतले हुन आउँने ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गर्नेछ । बाँकी ७ लाख ७४ हजार ५६३ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । आवेदन दिँदा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयर पोर्टलबाट आवेदन दिन सकिनेछ ।



