दाङमा महराको १५८२, राजु खनालको १०७३ नयाँ शक्तिको जम्मा २०

तु खबर संवाददाता
२०७४ मंसिर २२, शुक्रबार १२:४०

दाङ, २२ मंसिर । दाङ क्षेत्र नम्बर २ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार, वाम गठबन्धनको तर्फबाट कृष्णबहादुर महरा र प्रदेशसभा (क)मा एमाले नेता शंकर पोखरेलले अग्रता लिएका छन् ।

२९३६ मत गणना हुँदा महराले १५८२ र प्रतिद्वन्द्वी काँग्रेसका राजु खनालले १०७३ मत पाएका छन् । प्रतिनिधिसभामा महरा र प्रदेशसभामा पोखरेलले अग्रता लिएका हुन् । नयाँ शक्तिका गगन शाहले २० मत पाएका छन् । शंकर पोखरेलको १६९६ र प्राप्त गरेका छन् भने काँग्रेसका कमलकिशोर घिमिरे ९९३ मत पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*