धनुषा क्षेत्र नं ३ को मतगणना शुरू

तु खबर संवाददाता
२०७४ मंसिर २२, शुक्रबार १२:२७

जनकपुरधाम, २२ मंसिर : धनुषा जिल्ला क्षेत्र नं ३ को प्रतिनिधिसभा र प्रदेशसभाको सदस्यको मतगणना शुरू भएको छ ।

महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रमा सो क्षेत्रअन्तर्गत विदेह नगरपालिका–९ र जनकपुर उपमहानगरपालिका–११ को मतपेटिकाबाट मतगणना शुरू भएको जनाइएको छ । सो क्षेत्रका (क) मा ५३ हजार ३५ र (ख) मा ४४ हजार ४६७ मतदाता गरी ९७ हजार ३६० मतदाताका लागि ७६ वटा मतदान केन्द्र रहेको थियो ।

सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि २८ र प्रदेशसभा सदस्यका लागि ३५ वटा उम्मेदवार रहेका छन् । क्षेत्र नं १, २ र ४ को मतगणना केही बेरमा शुरू हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*