पूर्वमन्त्री ढकाल र अमेरिकाका पूर्व उप–राष्ट्रपति पेन्सबीच भेटवार्ता

तु खबर संवाददाता
२०७८ फाल्गुन ४, बुधबार ०९:२०

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल र अमेरिकन पूर्व उपराष्ट्रपति माइक पेन्सबीच भेटवार्ता भएको छ । भेटमा पूर्वमन्त्री ढकाल र अमेरिकन पूर्व उपराष्ट्रपति पेन्सबीच दुवै देशको समसामयिक राजनीतिक विषयमा संक्षिप्त कुराकानी भएको ढकालको सचिवालयले जनाएको छ ।

विश्व शिखर सम्मेलन २०२२ को शिलशिलामा कोरियाको भ्रमणमा रहेका उपराष्ट्रपति पेन्सले नेपालको पछिल्लो अवस्था बारे चासो राखेका थिए । पूर्वमन्त्री ढकालले नेपालमा शान्तिको पुनः बहाली भएको नयाँ संविधान जारीसँगै नेपाल सम्मृद्धिको बाटोमा अघि बढ्न लागेको बताउँदै नेपालको विकासमा सहयोग गर्न र उपयुक्त समयमा नेपालको मैत्रीपूर्ण भ्रमण गर्न पूर्व उपराष्ट्रपति पेन्सलार्इ आमन्त्रण समेत गरे ।