आज प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । सो बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
बैठकमा नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्नुपर्ने प्रस्ताव गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल गर्ने समझदारी बनेको भएपनि आजै नै पारित गर्ने या नगर्ने भन्ने विषय भने अझै टुंगो लागेको छैन ।
