प्रतिनिधिसभाको बैठक फेरी स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक फेरी स्थगित भएको छ । आज (आइतबार) बस्ने भनिएको प्रतिनिधिसभाको बैठक फेरी १० दिनसम्मका लागि स्थगित भएको हो । बैठक यही माघ २६ गते दिउँसो १ बजेका लागि स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।
संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचना अनुसार कोरोना महामारीको संक्रमणको जोखिम यथावत रहेकाले आइतबार बैठक बस्न नसक्ने भएकाले सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० दिन पछि सारेका हुन् । यसअघि विभिन्न कारणका कारण पटक–पटक स्थगित भएको प्रतिनिधिसभाको बैठक आज विहान ११ बजे बस्ने गरी बोलाइएको थियो । बैठक गत पुस १८ गतेयता बस्न सकेको छैन ।
