मास्क नलगाउने १९ जनालाई जरीवाना

तु खबर संवाददाता
२०७८ माघ १५, शनिबार ०८:४३
file-photo

मकवानपुर । मकवानपुर प्रहरीले शुक्रबार मास्क नलगाई सार्वजनिक स्थानमा हिडडुल गर्ने १९ जनालाई जरीवानासहित कारबाही गरेको छ । प्रहरीले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई नियन्त्रण तथा न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी गरिएको मास्क अभियान अन्तरगत मास्क नलगाउने १९ जनालाई जरीवानासहित कारबाही गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार, मास्क नलगाउनेलाई जनही एक सय रुपैयाँ जरीवाना गरिएको हो । उनीहरूलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिएको हो । जिल्लामा दिनप्रतिदिन कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएकोले जिल्ला प्रशासन कार्यालय मकवानपुरले कडाई गरेको छ ।