काठमाडौँको जनसंख्या २० लाख बढी, मनाङको ५ हजार मात्रै

काठमाडौँ । २०७८ को जनसंख्या अनुसार संघीय राजधानी काठमाडौँमा सबैभन्दा बढी २० लाख १७ हजार जनसंख्या बसोबास गर्ने गरेको तथ्य केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । त्यस्तै नेपालको ७७ जिल्लामध्ये हिमाली जिल्ला मनाङमा सबैभन्दा कम जनसंख्या बसोबास गर्ने गरेको पाइएको छ । मनाङमा कूल ५ हजार ६४५ जना मात्र बसोबास गर्ने गरेको पाइएको विभागले जानकारी दिएको छ ।
२०७८ मा सम्पन्न जनगणना अनुसार नेपालको कूल जनसंख्या भने २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । पुरुषको संख्या महिलाको तुलनामा कम छ । ६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ । यो १० प्रतिशतभन्दा बढी हो ।