सिम्भञ्याङमा हिमपातः पर्यटकीय चहलपहल बढ्यो
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकास्थित पर्यटकीय क्षेत्र सिम्भञ्याङमा गएरातिदेखि बिहानसम्म हिमपात भएको छ । हिमपातका कारण सो क्षेत्रको जनजिवन केही कष्टकर बनेपनि आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल भने बढेको छ । विहिबार साँझदेखि हल्का बर्षासंगै हिमपात भएको थियो ।
शुक्रबार विहान हिमपात रोकिएको भएपनि मौसम पूर्ण रुपमा सफा भइनसकेका कारण पुनः हिमपात हुनसक्ने संभावना भने कायमै छ । सो क्षेत्रमा आज विहानैबाट हिउँमा रमाउन पर्यटकहरुको आगमन भइरहेको छ । अन्य समयमा पनि मकवानपुरसहित छिमेकी जिल्लाहरु, चितवन, बारा, पर्सा, रौतहटलगायतका पर्यटकहरु उक्त क्षेत्रमा पुग्ने गरेका छन् । दामनमा भने हिमपात भएको छैन ।

