माओवादी अध्यक्ष दाहालद्वारा भरतपुरमा मतदान

तु खबर संवाददाता
२०७४ मंसिर २१, बिहीबार ०८:१९

चितवन, २१ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत शान्ति प्रावि केन्द्रबाट मतदान गरेका छन् । उनले आज बिहान ७ १३ बजे मतदान गरेका हुन् ।

चितवन क्षेत्र नं ३ मा अध्यक्ष दाहाल वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन् । मतदानपछि प्रतिक्रिया दिँदै दाहालले गठबन्धनअनुसार नै आफूले मतदान गरेको बताए ।

दाहाल पत्नी सीता दाहाल र कान्छी छोरी गंगा दाहालले पनि सोही केन्द्रबाट मतदान गरेका छन् ।
उनले १ नम्वरमानै मतादान गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*