१४ नम्वर वडाका १ सय १० जना नेकपा एमालेमा प्रवेश

तु खबर संवाददाता
२०७८ माघ ४, मंगलवार १८:१७

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ मा विभिन्न पार्टी परित्याग गरी १ सय १० जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले खादा लगाएर स्वागत गरेका थिए ।

पार्टी प्रवेश गरेका नवप्रवेशीहरुलाई स्वागत गर्दै पूर्व मुख्यमन्त्री पौडेलले सरकारको नेतृत्व नेकपा एमालेले मात्रै गर्न सक्ने दावी गरेका थिए । उनले गठबन्धन सरकारले भागबण्डा मिलाउन राज्यको दोहन मात्रै गरिरहेको आरोपसमेत लगाए । नव प्रवेशीहरुलाई बधाई दिँदै पौडेलले एमालेलाई स्थानीय स्तरबाट थप संगठित बनाउँदै लैजानुपर्ने बताए ।

नेकपा एमाले १४ नंम्वर वडाका नेता कमल सिन्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले पार्टीका केन्द्रिय सदस्य एवम् बागती प्रदेशका प्रदेशसभा सदस्य जुनेलीमाया श्रेष्ठ , नेकपा एमाले जिल्ला सदस्य एवम् १४ नंम्वर वडाका वडा अध्यक्ष दिपक खड्का , नगरकमिटी सदस्य सुरेश रुम्बालगायतले मन्तव्य व्यक्त गरेका थिए ।