उम्मेदवारी फिर्ता नलिने राउतको अडान
मकवानपुर १९ मंसिर । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न पुष २७,२८ र २९ गते हुने निर्वाचनको लागि हालका महासचिव समेत रहेका महेन्द्र राउतले जुनसुकै हालतमा पनि आफ्नो उम्मेदवारी फिर्ता नलिने बताएका छन् । आज हेटौंडामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी राउतले व्यवसायीको हितका लागि आफ्नो उम्मेदवारी रहेको समेत स्पष्ट पारे ।
मउवासंघको विभिन्न पदमा काम रही २ कार्यकाल सेवा गरीसकेका कारण पनि आफु प्राविधिक रुपमा पनि उपयुक्त रहेको उनको भनाई छ ।
कार्तिक १२ गते पत्रकार सम्मेलन मार्फत आफ्नो उम्मेदवारी घोषणा गरीसकेका राउतले आज पुन व्यवसायीको विस्वासका कारण पनि आफुले उम्मेदवारी फिर्ता नलिने बताए । उनले मउवासंघका अध्यक्ष राजकुमार न्यौपानेले आफुलाइ सहयोग गर्लान भन्ने विस्वास भएको समेत बताए ।
तर न्यौपानेले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरे पश्चात आफुले पनि पुन पत्रकार मार्फत सबैमा जानकारी दिनु आवश्यक रहेको बताउंंदै उनले व्यवसायीको हितका लागि काम गर्न अध्यक्ष पदमा पुगेपछि सजिलो हुने र आफुले महासचिव पदमा रहदा गर्न नसकेका काम अध्यक्ष पदमा पुगेपछि गर्ने समेत बताए ।
