काँग्रेस नेता गगन थापामाथि बम प्रहार

तु खबर संवाददाता
२०७४ मंसिर १८, सोमबार १४:३८

काठमाडौँ, १८ मंसिर/रासस : चुनाव प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभा उम्मेदवार गगनकुमार थापामाथि बम प्रहार भएको छ ।

बूढानीलकण्ठ नगरपालिका–२ चपलीमा घरदैलो गरिरहेका बेला अज्ञात समूहले थापालाई केन्द्रित गरी बम प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, बरिष्ठ प्रहरी उपरीक्षक रबीन्द्र धानुकले जानकारी दिए । उनका अनुसार थापाको टाउको र कम्मरमा चोट लागेको छ । बम प्रहारबाट छ जना काँग्रेस कार्यकर्ता पनि घाइते भएका छन् ।

घाइतेमध्ये तीनको अवस्था गम्भीर छ । घाइते सबैको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । थापाको अवस्था भने सामान्य रहेको उनले जानकारी दीए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*