एमाले मकवानपुरको १०२ वडामा आज प्रतिनिधी छनोट हुँदै

तु खबर संवाददाता
२०७८ पुष १६, शुक्रबार १२:२६
file-photo

मकवानपुर । नेकपा एमाले मकवानपुरले ११ औं जिल्ला अधिवेशनको लागि आज जिल्लाको १० वटै स्थानीय तहको १ सय २ वटा वडामा प्रतिनिधी छनोट गर्दैछ । यही पुस २३ र २४ गते हेटौंडामा हुने जिल्ला अधिवेशनको लागि आज जिल्लाको १ सय २ वटै वडामा सर्वसम्मत प्रतिनिधि छनोटको तयारी भइरहेको एमालेले जनाएको छ ।

जिल्लाका ९ हजार संगठित सदस्यहरुले वडाबाट अधिवेशनको लागि प्रतिनिधी छनोट गरिने जनाइएको छ । १ सय २ वडाबाट ४ सय १६ जना प्रतिनिधी, जिल्ला आयोजक कमिटीका ३ सय ३८ जना र मनोनित गरिने र जिल्ला अधिवेशनको लागि ८ सय प्रतिनिधि चयन गरिने जनाइएको छ ।

प्रतिनिधी छनोट गर्दा एमालेले खुलामा ३० जना संगठित सदस्य बराबर एक, महिलाको २० जना संगठित सदस्य बराबर एक, १० जना दलित प्रतिनिधी बराबर १ प्रतिनिधी, एउटै पालिकाबाट ३ जनाभन्दा बढी दलित प्रतिनिधी आउने भएमा १ महिला अनिवार्य हुनुपर्ने एमाले मकवानपुरले जनाएको छ । १ सय २ वटै वडामा प्रतिनिधी छनोटको सहजिकरण जिल्ला सदस्यले गर्ने बताइएको छ ।