नयाँ शक्तिका उम्मेदवार एमालेमा प्रवेश

तु खबर संवाददाता
२०७४ मंसिर १७, आईतवार १५:४४

काठमाडौँ, १७ मंसिर । काठमाडौँ निर्वाचन क्षेत्र नं २ का नयाँ शक्ति नेपालका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार गणेश सिंखडा नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल काठमाडौँ र प्रेस सेन्टर नेपाल काठमाडौँको मिडिया डेक्सले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नयाँ शक्ति पार्टी परित्याग गरी नेकपा (एमाले) मा आंैपचारिक रुपमा प्रवेश गरेको घोषणा गर्नुभएको हो ।

नयाँ शक्ति पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नुभएका सिंखडालाई एमालेका नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवकुमार नेपालले टीका र माला लगाएर पार्टी प्रवेश गराउनुभयो । नेता नेपालले मुलुकको समृद्धि र विकासका लागि सम्पूर्ण कम्युनिष्ट एकताबद्ध हुनुपर्ने बताउनुभयो । -(रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*