नयाँ शक्ति परित्याग गरी माओवादी केन्द्रमा प्रवेश नगरेको भन्दै विज्ञप्ती
मकवानपुर, १७ मंसिर । नयाँ शक्ति मकवानपुरको सदस्यता परित्याग गरी यहि मंसिर १५ गते माओवादी केन्द्रमा प्रवेश गरेको समाचार लगत भएको भन्दै नयाँ शक्तिका ५ जनाले विज्ञप्ती जारी गरेका छन् ।
जारी गरिएको विज्ञप्ती अनुसार, नयाँ शक्तिको एजेण्डामा सहमत भई हालसम्म पनि समृद्ध नेपाल निर्माण गर्ने अभियानमै क्रियाशील भएको उल्लेख छ । नयाँ शक्ति छोडेर माओवादी केन्द्रमा प्रवेश नगरेको भन्दै नयाँ शक्तिका सानुकान्छा दोङ, राजकुमार लामा, रेनुका गुरुङ, सानु लामा र पार्वती सिंतानले विज्ञप्तीमार्फत् आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।
भ्रम सिर्जना गर्न माओवादी केन्द्रले कृतिम तरिकाले प्रचारवाजी गरेकोमा हाम्रो गम्भीर आपत्ति छ, जारी विज्ञप्तीमा भनिएको छ । सबै सबै विकासप्रेमी साथीहरुलाई विकास र समृद्धिको पक्षमा लाग्न अपिल गर्दछौँ, उनीहरुले विज्ञप्तीमा लेखेका छन् ।
