प्रतिनिधिसभा बैठक दिउँसो १ बजे: यस्तो छ कार्यसूची

तु खबर संवाददाता
२०७८ पुष ७, बुधबार १२:२०
file-photo

काठमाडौँ । आज बुधबार पनि प्रतिनिधिसभाको बैठक बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा ४ वटा अध्यादेश पेस गरिने सम्भावित कार्यसूची रहेको छ । ती अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूचीमा समावेश छ । एमाले सांसदको विरोध र नाराबाजी चलिरहँदा चालु १० औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको थियो ।

हेर्नुहोस्, संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको आजको बैठकको सम्भावित कार्यसूची