प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०७८ पुष ७, बुधबार १२:१४
file-photo

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्नुअघि आज बुधबार पनि प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । सभामुखको आह्वानमा विहान ११ ३० बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको छ । प्रतिनिधि सभाको दशौं अधिवेशनको पहिलो दिन मंसिर २८ गते कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको थियो । यस्तै पुस ६ गते मंगलबारको बैठक अघि पनि कार्यव्यस्थाकाको बैठक राखिएको थियो । यो अधिवेशन अन्तरगत बुधबार बस्ने तेस्रो बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।

मंगलबार बसेको कार्यव्यवस्थाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संदमा बिपक्षी दलले उठाएको विषय अदालतमा विचाराधिन रहेकोले बैठकमा प्रकृयासंगत ढंगले आफ्ना कुरा राखेर अघि बढ्न आग्रह गरेका थिए । संसदबाट निकास ननिस्कने अदातलतमा विचाराधिन विषयमा धेरै समय खेर जाने भएकोले जनताको सर्बोच्च जनप्रतिनिधि संस्था संसदमा जनसरोकारका विषयमा छलफल गर्ने वातावरण बनाउनुपर्ने उनको धारणा थियो ।

आफ्ना कुरा राखेपछि सहभागी अन्य सदस्यहरुको कुरा सुन्ने धैर्यता राख्न विपक्षी दलआवद्ध कार्यव्यवस्थाका सदस्यहरुलाई सभामुखले आग्रह समेत गरेका थिए । सभामुखको अध्यक्षतामा, कानुनमन्त्री, दलका मुख्य÷प्रमुख सचेतकहरु, सचेतकहरु, दलका प्रतिनिधिहरु, सभामुखद्वारा आमन्त्रीत सदस्यहरु र संसद सचिवालयका महासचिव, प्रतिनिधि सभाका सचिव लगायत सहभागी हुने बैठकमा कार्यसूचिलाई अन्तिम रुप दिने, आगामी बैठकको मिति तय गर्ने लगायतका विषयमा छलफल हुने गर्छ । प्रतिनिधि सभाको बैठक १ बजे बस्दैछ ।