हेटौंडामा राति ११ बजे कार्यकर्ता सम्बोधन गर्दै डाक्टर बाबुराम भट्टराईले के भने ?

तु खबर संवाददाता
२०७४ मंसिर १७, आईतवार ११:१०
फोटो फाईल

मकवानपुर, १७ मंसिर । नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नयाँ शक्ति फरक एजेण्डासहित आएकोले यो पार्टी अन्य पार्टी जस्तो नभएको बताएका छन् । गए राति ११ बजे हेटौंडा आइपुगेका भट्टराईले कार्यकर्तालाई होटल लिडोमा छोटो सम्बोधन गर्दै नयाँ शक्तिले महत्वपूर्ण जीत हाँसिल गर्ने दावी गरेका हुन् ।
निरास र हठात नभई अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिँदै भट्टराईले कार्यकारी राष्ट्रपति पार्टीको मूख्य एजेण्डा भएको बताए । ढिलो चाँडो नेपालका दलहरु यो एजेण्डामा आउने बताउँदै अहिले नै केही हुँदैन कि भनी निरास नहुन कार्यकर्तालाई उनले सम्झाएका छन् । हामी थोरै मान्छेले पनि सही एजेण्डाका लागि काम गर्न सक्ने भन्दै भट्टराईले नयाँ शक्तिलाई राष्ट्रिय पार्टी बनाउन जनता आतुर रहेको सुनाए । म जहाँ जहाँ पुगेको छु, त्यहाँ नयाँ शक्तिको राम्रो अवस्था छ, त्यसकारण धैर्यतापूर्वक अभियानमा जुट्नुस्, डाक्टर भट्टराईले भने ।
नयाँ शक्तिका ३ नम्बर प्रदेश संयोजक तथा मकवानपुर प्रतिनिधिसभा २ का उम्मेदवार सोनाम सिं स्याङतान, समानुपातिक उम्मेदवार तथा कलाकार करिस्मा मानन्धरलगायतका नेताहरु कार्यक्रममा सहभागी थिए । जिल्ला परिषद् सदस्यहरुलाई भट्टराईले एकढिक्का भएर चुनावी अभियानमा लाग्न निर्देशन दिएका सोनाम सिं स्याङतान विजयले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*