विवाहमा जान लागेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, कैयौँ घाइते
पाकिस्तान । पाक्स्तिानमा एक विवाहमा जान लागेको बस दुर्घटनाग्रस्त हुँदा बसमा सवार ९ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परेर अन्त कैयौँ व्यक्ति घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल पुर्याइएको छ । शुक्रबार राति पञ्जाब प्रान्तको एक ग्रामीण सडकमा सो दुर्घटना भएको थियो ।
विवाहको भोजमा सहभागी हुन जान लागेको बस सडकबाट तल खसेको थियो । यसमा परेर घाइते भएकाहरुको अवस्था निकै नै गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या थप बढ्न सक्ने पनि प्रहरीले जनाएको छ ।–सिन्ह्वा
