एमाले नेता नेपालको चुनावी अभियानमा अध्यक्ष दाहाल

तु खबर संवाददाता
२०७४ मंसिर १६, शनिबार १५:५३
फोटो : गुगल

काठमाडौँ, १६ मंसिर/रासस : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको चुनावी अभियानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आज सहभागी भए ।

नेता नेपाललगायत वाम गठबन्धनका उम्मेदवारलाई मत माग्ने उद्देश्यका साथ शुक्रबार आफ्नो निर्वाचन कार्यक्रम छोट्याएर काठमाडौँ आइपुगेका अध्यक्ष दाहाल आज पेप्सीकोला क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा सहभागी भएका हुन ।

अध्यक्ष दाहाल र नेता नेपालले पेप्सीकोला क्षेत्रमा करिब दुई घण्टा घरदैलो गर्दै स्थानीयसँग मत मागेका थिए ।

दुई पूर्वप्रधानमन्त्री मतदाताको घरदैलोमा पुग्दा स्थानीयले ताली बजाएर स्वागत गरेका थिए । घरदैलोपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विगत केही दिन अघिदेखि नै नेपालको चुनावीसभामा सहभागी हुने इच्छा भए पनि व्यस्तताका कारण नभ्याएको भन्दै सहभागी भएर मतदातासँग मत माग्न पाएकोमा खुशी व्यक्त गरे ।

उनले वाम गठबन्धनका पक्षमा खुलेर मत हाल्न मतदातासँग अपिल पनि गरे । “यस क्षेत्रका लागि मात्र होइन नेपालको राजनीतिका लागि पनि आवश्यक व्यक्ति हुनुहुन्छ माधव नेपाल,” प्रचण्डले भने, “यस्तो व्यक्ति तपाईहरुले प्राप्त गर्नुभएको छ । यो तपाईहरुको पनि गौरवको कुरा हो ।”

सभालाई सम्बोधन गवर्दै नेता नेपालले फड्को हानेर जोखिम मोल्ने अर्थात राजनीतिलाई निर्णायक मोड दिन सक्ने क्षमताको व्यक्ति प्रचण्डलाई चुनावीसभामा सँगै पाउँदा आफूलाई खुशी लागेको समेत बताए । । उनले भने “हामी दुई फरकफरक आन्दोलनका प्रतिक हौँ”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*