पोस्टर हटाउन शुरु

तु खबर संवाददाता
२०७४ मंसिर १६, शनिबार १४:०९
फोटो : गुगल

संखुवासभा, १६ मंसिर /रासस : गत मंसिर १० गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरुले चुनावी प्रचारका क्रममा टाँसेका पोस्टर तथा पम्प्लेट हटाउन शुरु गरिएको छ ।

विभिन्न दलका उम्मेदवारले भोट माग्न गरेका अपिल र दलका घोषणापत्र घरका भित्ता, गल्ली र चोकमा यत्रतत्र टाँसेका थिए । शुक्रबारदेखि सदरमुकाम खाँदबारी आसपासका बजारमा भोट माग्न टाँस गरिएका पोस्टर, पम्प्लेट, पर्चा र ब्यानर हटाउन शुरु गरिएको छ ।

नेपाली काँग्रेस संखुवासभा र तिनका भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल सांस्कृतिक संघका जिल्ला कार्यसमितिका पदाधिकारी तथा कार्यकर्तालगायतले प्रचार सामग्री हटाउन शुरु गरेका हुन् ।

यसअघि नै निर्वाचन आचारसंहितामा उम्मेदवारका चुनाव प्रचारका सामग्री निर्वाचन सम्पन्न भएपछि हटाउने भन्ने निर्णयअनुसार गरिएको काँग्रेस पार्टी कार्यालय सचिव उमेश श्रेष्ठले बताए। अरु दलले पनि चुनाव प्रचारका सामग्री हटाउन थालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*