चुनावको बेला डोजर दौडाएर विकास हुन्न : विरोध खतिवडा
हेटौंडा,१५ मंसिर/ बाम गठबन्धनले मकवानपुर गढी गाउँपालिकास्थित आमभञ्ज्याङमा शुक्रबार चुनावी सभा गरेको छ । सभामा बोल्दै मकवानपुर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बिरोध खतिवडाले गठबन्धनको पक्षमा उर्लिएको जनसागरका कारण पञ्चहरु अत्तालिएको बताए । चुनावको बेला गाउँ गाउँमा डोजर दौडाएर विकास नहुने भन्दै मतदाताले भ्रमको खेती बुझिसकेको उनको भनाई छ ।
सभामा बोल्दै बाम गठबन्धनक मकवानपुर २(क) उम्मेदवार कुमारी मोक्तानले विकास र समृद्धिको लागि बाम गठबन्धको जित आवश्यक रहेको बताईन् । सभामा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं निवर्तमान सांसद रामनारायण बिँडारी,नेकपा एमालेका नेता तथा निवर्तमान सांसद सुभाषचन्द्र ठकुरी,नेकपा एमाले मकवानपुरका उपाध्यक्ष बद्रि लम्साल,नेता विष्णु दाहाल,अखिल क्रान्तिकारीका नेता बिजय गौतम,गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
सभामा नेकपा माओवादी केन्द्र मकवानपुरका सह सचिव प्रकाश पाण्डे,एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठ,भिमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना लगायतको आतिथ्यता रहेको थियो । सभा अघि ¥याली निकालिएको थियो । साथै आमभञ्ज्याङका बिभिन्न गाउँमा घरदैलो कार्यक्रम पनि गरिएको छ ।
