अन्तरपालिका जिल्लास्तरीय फुटबलको उपाधि भिडन्तमा थाहा र हेटौंडा
मकवानपुर । हेटौंडाको हुप्रचौरमा जारी प्रथम अन्तरपालिका जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकाबीच प्रतिष्पर्धा हुने भएको छ । बिहीबार भएको दोसो सेमिफाइनलमा बागमती गाउँपालिकालाई पराजित गर्दै हेटौंडाले फाइनल भिडन्त पक्का गरेको हो ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा हेटौंडाले बागमती गाउँपालिकालाई ३–० गोलअन्तरले पराजित गरेको हो । खेलको पहिलो मिनेटमै हेटौंडाका बिनोद घलानले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । २४ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए भने खेलको दोस्रो हाफको अतिरिक्त समयमा हेटौंडाका मनोज लामाले गोल गर्दै हेटौंडालाई फाइनलमा पुर्याए । खेलको म्यान अफ दी म्याच बागमतीका बाबराम माझी घोषित भए ।
हेटौंडाले उपाधिका लागि आज शनिबार थाहा नगरपालिकासँग प्रतिष्पर्धा गर्नेछ । थाहा नगरपालिकाले बुधबार भएको पहिलो समिफाइनलमा भीमफेदी गाउँपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरको हो । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा जारी प्रतियोगिताका उपाधि विजेताले २ लाख रुपियाँ र उपविजेताले १ लाख रुपिया प्राप्त गर्नेछन् । प्रतियोगितामा विधागत्रुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपियाँ तथा अन्य विधागत् खेलाडीले ३ हजार रुपियाँका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।
