काङ्ग्रेसलाई भोट माग्न बानियाँ पत्नी हाँडिखोलामा
मकवानपुर, १४ मंसिर । यहि मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा होमिएको काङ्ग्रेसका उम्मेदवारलाई भोट माग्न इन्द्र बानियाँको पत्नी दीपा हाँडिखोला पुगेकी छिन् ।
प्रदेशसभा सदस्यको लागि मकवानपुर क्षेत्र नम्बर २ को ख बाट उम्मेदवार बनेका इन्द्र बानियाँको पत्निसहित काङ्ग्रेस नेताका श्रीमतिहरु बुधबार हाँडिखोला पुगेका हुन् । बानियाँ पत्नि दीपाले मकवानपुरको क्षेत्र नम्बर १ मा गरेको वाचाहरु करिब पूरा गरेपछि पछि परेको मकवानपुर क्षेत्र नम्बर २ को विकासका लागि आफ्नो पति यस क्षेत्रमा आएको भन्दै एकपटक जिताएर वास्तविक विकास हेर्न अनुरोध गरे । हामी बोल्नरभाषण गर्न त्यत्ती जान्दैनौ, यहाँको समस्याको बिषयमा जानकारी गराउनुहोला, बानियाँले भनिन्, काङ्ग्रेस र इन्द्र बानियाँबाट हुन सक्ने सबै समस्याको समाधान हुनेछ ।
महिलाको क्षेत्रमा रहेको समस्याको बिषयमा आफूलाई धेरै जानकारी भएको भन्दै उनले ढुक्क भएर रुख चिन्हमा मतदान गर्न अनुरोध गरिन । यस्तै गत स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसको तर्फबाट मनहरी गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार रहेका नेता शंकर न्यौपानेले आफू चुनावमा पराजित भएपनि स्थानीयको सुखदुःखमा सङ्गै रहेको बताउदै मन्त्रीदेखि मुख्य मन्त्री बन्न सक्ने उम्मेदवार क्षेत्र नम्बर २ ले पाएकोले एकपटक काङ्ग्रेसलाई जिताउन अनुरोध गरे । यस क्षेत्रबाट पटक पटक कम्युनिस्टहरुले जिते, तपाईंको यस क्षेत्रको विकासमा के कति काम भयो रु मुल्यांकन गर्नुहोला, न्यौपानेले भने, हेटौंडाबाट नजिकै रहेर पनि विकट झै रहेको यस क्षेत्रको विकासको लागि काङ्ग्रेसका उम्मेदवारहरुलाई ढुक्क भएर मतदान गर्नुहोस् अनि देख्नुहुनेछ विकास र जनताको काम कस्तो हुन्छ भनेर ।
घरदैलोमा काङ्ग्रेस हेटौंडा उपमहानगर सभापति पत्नी लता पराजुली, काङ्ग्रेस नेताहरु शैलेन्द्र बानिया, प्रकाश न्यौपाने, साविक हाँडिखोलाका काङ्ग्रेस सभापती चन्द्रबहादुर न्यौपाने, वडाका प्रचारप्रसार संयोजक पवन खड्कालगायत उपस्थित थिए ।
