काँग्रेस छप्ल्याङको भुत : विरोध खतिवडा

तु खबर संवाददाता
२०७४ मंसिर १३, बुधबार २०:१९

हेटौंडा,१३ मंसिर/ मकवानपुर क्षेत्र नम्बर २ प्रतिनिधिसभाका बाम गठबन्धन उम्मेदवार बिरोध खतिवडाले काँग्रेसलाई छप्ल्याङको भुत भएको आरोप लगाएका छन् । थाहा नगरपालिका ६ बज्रबाराहीमा बुधबार भएको कोणसभामा बोल्दै उनले भुत देखेर नडराउन मतदाताहरुलाई आग्रह गरे ।
काँग्रेस र राप्रपाको गठबन्धनलाई पूर्व पञ्च र मण्डलेहरुको पञ्चायत भन्दै खतिवडाले यसबाट आशा राख्नु आकाशबाट तारा खसाँला भनेजस्तै रहेको बताए ।
सभामा नेकपा एमालेका नेता तथा पूर्व सांसद सुभाषचन्द्र ठकुरी,नेकपा माओवादी मकवानपुरका नेता प्रकाश पाण्डे(प्रलोक),विष्णु विष्ट, थाहा नगरपालिकाका मयेर लवशेर विष्ट,एमाले नेता विष्णु ढकाल,महेश बर्तौला, माओवादी नेता अरुण रायमाझीलगायतको आतिथ्यता रहेको थियो । सभा एमाले नेता दामोदर सुवेदीको सभाध्यक्षतामा भएको हो ।
यसैबीच थाहा नगरवपालिका ९ चित्लाङमा पनि कोणसभा भएको छ । नेकपा एमालेका लक्ष्मण रेग्मीको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर २ प्रतिनिधिसभा उम्मेदवार बिरोध खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*