चीनमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु
चीन । पूर्वी चीनको आन्हुइ प्रान्तको छियानसान शहरमा आज (बिहीबार) सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । एउटा कोच र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।
बिहान करिब १० बजे राजमार्गमा दुर्घटना भएको स्थानीय प्रहरीले विज्ञप्ति मार्फत् जनाएका छन् । सोही दुर्घटनामा परेर अन्य तीन जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरू खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाइएको छ ।
