नयाँ शक्तिका संयोजक लामिछाने एमालेमा

तु खबर संवाददाता
२०७४ मंसिर १०, आईतवार १८:५३

मकवानपुर, १० मंसिर । नयाँ शक्ति मकवानपुरका संयोजक तथा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार प्रल्हाद लामिछाने नेकपा एमालेमा प्रवेश गरेका छन् ।
आज नेकपा एमालेको पार्टी कार्यालयमा भएको एक कार्यक्रममा लामिछाने एमाले प्रवेश गरेका हुन् । एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देलले लामिछानेलाई एमाले प्रवेश गराएकी हुन् । एमाले प्रवेश गर्दै लामिछानेले कमल थापालाई समर्थन गर्न नसकिने भएकाले आफू एमाले प्रवेश गरेको बताएका छन् । सोही कार्यक्रममा नयाँ शक्ति प्रदेशसभा उम्मेदवार नारायण सापकोटा पनि एमाले प्रवेश गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*