क्षेत्र नम्वर २(ख) को सभापतिमा रन्जन कालाखेती निर्वाचित
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) को सभापति पदमा रन्जन कालाखेती निर्वाचित भएका छन् । उनले २९२ मत प्राप्त गर्दा उनको प्रतिद्धन्दी रामकृष्ण प्रजाले २२३ मत प्राप्त गरेका हुन् । अन्य पदहरुको पनि मतपरिणाम सार्वजनिक भइसकेको छ ।
त्यस्तै उपसभापतिमा भुवन नेगी र रामकुमार थिङ निर्वाचित भएका छन् । नेगीले ३०४ र थिङ्ले २५७ मत प्राप्त गरेका थिए । उपसभापति पदमा मुक्तीनाथ अधिकारीले १५५ र रामकुमार ब्लोनले २१७ मत प्राप्त गरेका थिए । सचिव पदमा भने कृष्ण योन्जन र नवराज पौडेल निर्वाचित भएका छन् । योन्जनले ३४३ मत प्राप्त गरे भने पौडेलले २६० मत पाए । सह–सचिव पदमा गोपीलाल थिङ र शालिकराम अधिकारी निर्वाचित भए । थिङले ३११ मत प्राप्त गर्दा अधिकारीले २५६ मत पाए । सह–सचिव पदमा राजेश अधिकारीले २४४ र ज्ञानबहादुर घलानले १८३ मत पाएका हुन् ।
यता प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (क) को सभापतिमा सुशान्तकुमार श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित भएका थिए । त्यस्तै १(ख) मा राजेश बानियाँ निर्वाचित भएका छन् । उनले अर्का उम्मेदवार रमेशध्वज कार्कीलाई पराजित गरेका हुन् । प्रतिनिधिसभा २ को (क) मा खड्ग गोपाली निर्वाचित भएका छन् । उनले अर्का उम्मेदवार सुजन गोपालीलाई पराजित गरेका हुन् ।
