भोलिको बन्द ‘हल्ला मात्रै’
काठमाडौँ, ०७ मंसिर । विप्लव नेतृत्वको नेकपाले भोलि नेपाल बन्द गर्दै छ भन्ने कुरा सत्य नभएको खुलेको छ । सो पार्टीका एक नेताका अनुसार, भोलि नेपाल बन्दका कुनै कार्यक्रम सार्वजनिक गरिएको छैन । हालसम्म भोलि नेपाल बन्द गर्ने कुनै पनि घोषित कार्यक्रम आफ्नो पार्टीको नभएको ती नेताले बताए ।
सबैतिर भोलि विप्लवले नेपाल बन्द गर्ने भन्ने हल्ला व्यापक छ नी भनी सोधिएको प्रश्नमा उनले भने– यो सबै हावा कुरा हो, हाम्रो पार्टीले नेपाल बन्द गर्ने कुनै घोषणा गरेको छैन ।
